सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याइएका करिब १७ लाख रुपैयाँ मुल्यको विभिन्न सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_2025-04-01-17-59-07-837-edit_com.facebook.katana

वीरगन्ज,१९चैतःपर्साका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याइएका करिब १७ लाख रुपैयाँ मुल्यको विभिन्न सामान गरेको छ । वीरगन्ज–१४ गण्डकबाट मंगलबार ८४ हजार १५० रुपैयाँ बराबरको सुतिको साडी, कुर्था सुरुवाल, चकलेट, स्पोर्ट सुज (जुत्ता) बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर. १३ गण हेड क्वाटर पर्साका प्रवक्ता तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिदए ।पर्साकै बिन्दवासिनी गाँउपालिका–४ अमरपट्टी स्थित नेपाल–भारत दशगजा क्षेत्रबाट ६ लाख ६३ हजार ९०० रुपैयाँ बराबरको ६६ कीन्टल ३९ केजी मकै तथा वीरगन्ज भन्सार क्षेत्रबाट ५ लाख ६९ हजार ७८५ रुपैयाँ बराबरको किराना, मोटर पार्टस, ईलेक्ट्रोनिक पार्टस र कपडा बरामद गरिएको सिंहले जानकारी दिए ।वीरगन्ज–१७ अलौंबाट मधेस प्रदेश–०३–००१ह३०९४ नम्बरको ई–रिक्साबाट ७५ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको उनले बताए । बरामद सबै सामान आवश्यक कारबाहीका लागि मंगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >