टोखाबाट बरामद २५ करोडका असली मालिक सिन्धुपाल्चोकका पौडेल

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250403_084036

महानिर्देशक घिमिरेले भने ।नारायण पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन प्रकरणमा पनि जोडिएका थिए । उनका दाजु बच्चु पौडेल सो काण्डमा जोडिएका थिए । नारायण अहिले माओवादीमा आबद्ध छन् । उनका भाइ राजकुमार माओवादीकै टिकटमा भोटेकोशी गाउँपालिकको अध्यक्षमा निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा पनि उनी सोही गाउँपालिका अध्यक्षमा उठेका थिए । तर, उनी कांग्रेसका उम्देवार पासाङ नुर्बु शेर्पासँग पराजित भएका थिए । बच्चु भने कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनका अर्का दाजु ध्रुव पौडेल एमालेमा आबद्ध छन् । उनी ०७४ को स्थानीय निकाय निर्वाचनमा सिन्धुपाल्चोक फुल्पिङकट्टी गाउँपालिकाको अध्यक्ष भएका थिए । अपराध अनुसन्धान कार्यालयले रकमसहित भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो । कुसाङले ना.७ख १६५२ नम्बरको ट्रक लुकाएर विभिन्न दरका अमेरिकी डलर र युरो केरुङतर्फ लैजान खोजेका थिए । सोही क्रममा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्रकसहित कुसाङलाई पक्राउ गरेको थियो । ट्रक खनतलासी गर्दा अमेरिकी डलर सय दरका तीन हजार ११९, ५० दरका १७९, युरो पाँच सय दरका ११, दुई सय दरका ४८०, सय दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ बरामद भएको थियो ।विभागले विदेशी विनियम कसुरसहित संगठित अपराध कसुरअन्तर्गत पनि घटनाको अनुसन्धान गर्ने तयारी गरेको छ । त्योसँगै सम्पत्ति शुद्धीकरण कसुर पनि आकर्षित हुने विभागका महानिर्देशक घिमिरेले बताए । ‘यो घटना सामान्य प्रकृतिले भएको देखिन्न, ठूलै गिरोह यसमा संलग्न भएको देखिन्छ । त्यसैले संगठित अपराधमा अनुसन्धान प्रक्रिया अघि बढाउने निष्कर्षमा विभाग पुगेको छ । त्यसबाहेक सम्पत्ति शुद्धीकरण कसूर पनि यसमा आकर्षित हुन्छ,’ उनले भने ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >