टोखाबाट बरामद २५ करोडका असली मालिक सिन्धुपाल्चोकका पौडेल

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250403_084036

महानिर्देशक घिमिरेले भने ।नारायण पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन प्रकरणमा पनि जोडिएका थिए । उनका दाजु बच्चु पौडेल सो काण्डमा जोडिएका थिए । नारायण अहिले माओवादीमा आबद्ध छन् । उनका भाइ राजकुमार माओवादीकै टिकटमा भोटेकोशी गाउँपालिकको अध्यक्षमा निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा पनि उनी सोही गाउँपालिका अध्यक्षमा उठेका थिए । तर, उनी कांग्रेसका उम्देवार पासाङ नुर्बु शेर्पासँग पराजित भएका थिए । बच्चु भने कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनका अर्का दाजु ध्रुव पौडेल एमालेमा आबद्ध छन् । उनी ०७४ को स्थानीय निकाय निर्वाचनमा सिन्धुपाल्चोक फुल्पिङकट्टी गाउँपालिकाको अध्यक्ष भएका थिए । अपराध अनुसन्धान कार्यालयले रकमसहित भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो । कुसाङले ना.७ख १६५२ नम्बरको ट्रक लुकाएर विभिन्न दरका अमेरिकी डलर र युरो केरुङतर्फ लैजान खोजेका थिए । सोही क्रममा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्रकसहित कुसाङलाई पक्राउ गरेको थियो । ट्रक खनतलासी गर्दा अमेरिकी डलर सय दरका तीन हजार ११९, ५० दरका १७९, युरो पाँच सय दरका ११, दुई सय दरका ४८०, सय दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ बरामद भएको थियो ।विभागले विदेशी विनियम कसुरसहित संगठित अपराध कसुरअन्तर्गत पनि घटनाको अनुसन्धान गर्ने तयारी गरेको छ । त्योसँगै सम्पत्ति शुद्धीकरण कसुर पनि आकर्षित हुने विभागका महानिर्देशक घिमिरेले बताए । ‘यो घटना सामान्य प्रकृतिले भएको देखिन्न, ठूलै गिरोह यसमा संलग्न भएको देखिन्छ । त्यसैले संगठित अपराधमा अनुसन्धान प्रक्रिया अघि बढाउने निष्कर्षमा विभाग पुगेको छ । त्यसबाहेक सम्पत्ति शुद्धीकरण कसूर पनि यसमा आकर्षित हुन्छ,’ उनले भने ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >