रास्वपाका पूर्वजिल्ला सभापति नै भाटभटेनी लुटपाटमा संलग्न रहेको खुलासा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250403_102843

तीनकुने घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक पूर्वजिल्ला सभापति पक्राउ परेका छन् ।गत चैत १५ गते तीनकुने र कोटेश्वरमा दुर्गा प्रसाई नेतृत्वमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा भाटभटेनी सुपरस्टोर्समा लुटपाट गरेको आरोपमा रास्वपा खोटाङका पूर्व सभापति राजकुमार राई पक्राउ परेका हुन् ।सो हिंसात्मक प्रदर्शनमा लुटपाट, आगजनी र तोडफोड गरेको भन्दै अहिलेसम्म ६६ जना पक्राउ परिरसकेका छन् । जसमध्ये एकजना रास्वपाका नेता रहेको खुलेको हो ।६३ वर्षीय राईविरुद्ध अपराधिक गतिविधि, ज्यान मुद्दा र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।पक्राउ परेका राई अमेरिकाबाट पीएचडी गरे हुन् भने सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टरसमेत रहेका छन् । तर उनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा समेत राईको ठेगाना खोटाङको राउवाबेसी गाउँपालिका वडा नम्बर १ रहेको छ । उनीसहित पक्राउ परेका ६६ जनामाथि म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >