बारा प्रहरीले लागु औषध चरेस जस्तो पदार्थ सहित थिङ्ग प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250406_123702

कलैया । बारा प्रहरीले लागु औषध चरेस जस्तो पदार्थ सहित शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ।

मकवानपुरको थाहा नगरपालिका वडा नं. ०६ ब्रर्जबारे बस्ने ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका हुन्।

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ स्थितमा १५० सि.सि. को पल्सर मोटरसाईकलमा लागू औषध चरेस बोकी हिडिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले थिङ्गलाई नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाईकलाई फ्लोअप गर्दै नियन्त्रणमा लिई जाँच गर्दा सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध चरेस जस्तो देखिने पदार्थको पोका फेला परेको हो।

उक्त लागु औषध चरेस जस्तो देखिने पदार्थ डिजिटल तराजुमा प्लाष्टिक सहित तौल गर्दा ११.६८ किलो ग्राम रहेको छ।

लागु औषध चरेस जस्तो देखिने पदार्थ,मोटरसाईकल र थिङ्गलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाएको प्रनाउ पण्डितले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >