सुनचाँदी ओसारपसार गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250407_151750

वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय परिसरबाहिर त्रिभुवन राजपथ सडकखण्डमा अवैध रुपमा सुनचाँदी ओसारपसार गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी हवल्दार गंग बहादुर विकको नेतृत्वमा खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले भारततर्फ जाँदै गरेका सवारी साधन र व्यक्तिहरूको निगरानी गर्ने क्रममा उनीहरूलाई सुन र चाँदीसहित नियन्त्रणमा लिएको हो।पक्राउ परेका व्यक्तिहरुमा भारत पश्चिम बङ्गाल प्रान्त, पश्चिम मेदिनीपुर जिल्लास्थित किशोरनगर निवासी करिब ३५ वर्षीय सौमेन गुचैट र जोतेकानुरामगढ़ निवासी करिब २५ वर्षीय अमित दास रहेका छन् उनीहरू काठमाडौंस्थित विभिन्न सुन पसलहरूसँग मिलेर ग्राहकको अर्डरमा बनेको सुन गहना लिएर भागेको सूचनाका आधारमा निगरानी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।बरामद सुनका झुम्का: २ सेट (करीब ८२ लाल) सुनको रिङ्ग: १ सेट (करीब ३० लाल) सिक्री लकेट: १ थान (करीब ३० लाल) सुनको गणेश–लक्ष्मी मूर्ती लकेट: १ थान (करीब ४ लाल) सुनका टुक्रा: करीब १ तोला चाँदीको लक्ष्मी मूर्ती: करीब २ तोला रहेका छन्।जम्मा गरगहना र सुनको परिमाण अन्दाजी २ तोला ६६ लाल बराबर रहेको डिएसपी लोकेन्द्र सुब्बाले जानकारी दिए।पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी इनरुवामा बुझाइएको छ। सशस्त्र प्रहरीले नेपाल–भारत सीमाक्षेत्रमा हुने अवैध कारोबार रोकथाममा निगरानी कडा बनाएको जनाएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >