बाराको १२ गण सशस्त्र प्रहरी बाराद्वारा ७ लाख बराबरको अबैध सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250408_171220

बारा, चैत २६ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण मुख्यालय बाराबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेको अनुमानित ७ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।मिति २०८१ साल चैत २६ गते राति करिब १२:३० बजे बाराको सुवर्ण गाउँपालिका–०३ लंगडा टोल तथा कलैया उपमहानगरपालिका–०९ बघवन इलाकाबाट सशस्त्र प्रहरी बाराका गणपति एसपी खुम बहादुर के.सी.को नेतृत्वमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।बरामद गरिएका सामग्रीहरूमा ६५ कार्टुन विभिन्न प्रकारका भारतीय कम्पनीका Lakme Moisturizer क्रिम, ११ जार (१६५ लिटर) खाने तेल तथा १ वटा भारतीय मोटरसाइकल रहेका छन्।सामानहरू आवश्यक कानुनी कारबाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक के.सी.ले जानकारी दिनुभयो।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >