हर्बल इन्डस्ट्रीजमा आगलागी, १२ लाख रुपैयाँभन्दा बढीको क्षति

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250412_120956

सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गए राति आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।आत्मा राम रायको सञ्चालनमा रहेको सो तेल उद्योगमा राति करिब ११ः५० बजे भीषण आगो लागेको थियो। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक उदय कुमार झाको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा आगो नियन्त्रण कार्यमा जुटेको थियो।प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासपछि आगो करिब तीन घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।प्रारम्भिक अनुमानअनुसार, आगलागीका कारण उद्योगमा भण्डारण गरिएको तेल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ तथा अन्य सामग्रीहरू पूर्वरूपमा जलेर करिब १२ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यद्यपि, घटनामा कुनै मानवीय वा चौपायाको क्षति भएको छैन।आगो लाग्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनास्थल इलाका प्रहरी कार्यालय मुर्तियाबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >