आज हनुमान जन्मजयन्ती मनाइँदै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250412-WA0002

वीरगञ्ज । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्ती आज वीरगञ्जमा विविध धार्मिक कार्यक्रमका साथ धुमधामका साथ मनाइँदैछ।हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा वीरगञ्जका विभिन्न मन्दिरहरूमा विशेष पूजाआराधना, हनुमान चालिसा पाठ, तथा धार्मिक शोभायात्राको आयोजना गरिएको छ।वीरगञ्जस्थित महावीर स्थान हनुमान मन्दिर, घडिअर्वा, नगवा पोखरी, र रानीघाट हनुमान मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। भक्तजनहरूले हनुमानको दर्शन गरी बल, बुद्धि, विद्या र संकटमोचनको कामनासहित पूजा गरेका छन्।आजको दिन वीरगञ्जका विभिन्न स्थानबाट शोभायात्रा निकालिने जनाइएको छ। धार्मिक र सांस्कृतिक महत्वका साथै सामाजिक एकताको सन्देश दिन उद्देश्यले हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्र लगायतका संस्थाहरूले शोभायात्रा, भजनकीर्तन र प्रसाद वितरणजस्ता कार्यक्रमहरू गर्दै आएका छन्।यस वर्ष हनुमान जयन्ती शनिबार परेकाले अझ विशेष मानिएको छ। धार्मिक विश्वास अनुसार मंगलबार र शनिबार हनुमानको विशेष आराधना गरिने परम्परा छ। भक्तजनहरूले हनुमान चालिसा पाठ गर्दै मनोकांक्षा पूर्तिको कामना गरेका छन्।संस्कृत व्याकरण अनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर बनेको ‘हनुमान’ शब्दको अर्थ चिउँडो भएको मानिन्छ। हनुमानलाई संकटमोचन, मंगलमूरत, तथा अद्वितीय भक्तको रुपमा पुजिन्छ। बालबालिका देखि वृद्धसम्म सबैको श्रद्धाका पात्र हनुमानलाई भय नाशकका रूपमा आराधना गरिन्छ।वीरगञ्जमा आजको दिन धार्मिक उत्सव मात्र नभई सामाजिक मेलमिलाप र एकता प्रवर्द्धन गर्ने पर्वका रूपमा पनि हनुमान जयन्ती मनाइएको देखिन्छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >