जम्मु कश्मिरमा आतंककारी हमला : पर्यटकहरुलाई सोधी-सोधी गोली प्रहार, नेपालीसहित २७ मारिए

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250423_122403

भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा २७ जना मारिएका छन् ।जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर आक्रमण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली प्रहार गरी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।दैनिक भाष्करका अनुसार मारिनेको संख्या २७ पुगेको छ । कतिपय मिडियाहरुले भने २६ जना मारिएको लेखेका छन् । यसअघि सन् २०१९ को फेब्रुअरीमा जम्मुकश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यतिबेला साउदी अरब भ्रमणमा छन् । पर्यटकमाथि आतंकवादीले आक्रमण गरेको सूचना पाएपछि उनी भ्रमणका कार्यक्रम छोट्याएर स्वदेश फर्किन लागेको द हिन्दूले जनाएको छ ।आतंकबादी आक्रमणमा नेपालीको समेत मृत्यु भएको छ ।दैनिक भाष्करका अनुसार पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ ।त्यसभन्दा माथि बितन अधिकारीको नाम समेत छ । अधिकारी थर भएकाले कतिपयले दुई जना नेपाली मारिएको लेखेका छन् । तर अधिकारीको देशमा भने कलकत्ता लेखिएकाे छ । त्यसैले हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।घाइतेको सूचीमा भने एक जना नेपालीको नाम छ । घाइतेको सूचीको ८ नम्बरमा विनु पाण्डेको नाम उल्लेख छ । उनलाई सामान्य घाइते उल्लेख गरिएको छ । नेपालको सरकारी निकायबाट भने यसबारे कुनै विवरण सार्वजनिक भएको छैन ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >