स्रोत नखुलेको ४३ लाख नगदसहित एकजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250428_095956

कपिलवस्तुमा स्रोत नखुलेको झन्डै ४३ लाखसहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोलीले आइतबार ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित शिवा पटवा भन्ने आशिष कुमारलाई पक्राउ गरेको हो ।शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्ने कुमारसँग स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।उनको कोठामा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९०० नेपाली रुपैयाँ तथा २६ लाख ५४४ भारतीय रुपैयाँ गरी कुल रकम ४२ लाख ९० हजार ४४४ रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।प्रहरीले उनको साथबाट एक थान पैसा गन्ने मेसिन पनि बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >