भारतद्वारा पाकिस्तानमा आक्रमण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205

पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोधस्वरुप भारतले पाकिस्तानमा आक्रमण गरेको छ। आतंकवादी समूहलाई संरक्षण गरेको भन्दै मंगलबार रातिदेखि हवाई आक्रमण गरेको हो। यसलाई भारतले ‘अप्रेसन सिन्दुर’को नाम दिएको छ ।

आक्रमणमा ३० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका सुरक्षा अधिकारीले ८ जनाको मृत्यु भएको र ३० जना घाइते भएको विवरण सार्वजनिक गरेको छ। पाकिस्तान शासिन जम्मु कस्मिरको विभिन्न स्थानमा भारतले आक्रमण गरेको हो। ती क्षेत्रमा आतंकवादी समूह बस्दै आएको भारतको दाबी छ। गत अप्रिल १२ मा जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमण भएको थियो। पाकिस्तानको संरक्षणमा सो आक्रमण भएको भारतले जनाएको छ। आक्रमणकारीहरु सजिलै पाकिस्तान भागेका थिए। पाकिस्तानी अधिकारीले भारतका पाँच वटा जेट खसालेको दाबी गरेका छन्। साथै, पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले आप्तकालिन सुरक्षा बैठक बोलाएका छन्। पाकिस्तानले पनि भारतमाथि आक्रमण गर्न सक्ने आकलन गरिएको छ। दुवै देशका सीमा क्षेत्रका स्कुल समेत बन्द गरिएको छन् । सो घटनापछि पाकिस्तानले पनि कश्मिरमा आक्रमण गर्दा तीन भारतीयको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >