बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
bike-chor-

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाराको कोल्हबी नगरपालिका–१ का २१ वर्षीय राहुल विक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन् ।

बाराको विभिन्न स्थानबाट चोरी भएका पाँच वटा मोटरसाइकल सहित उनिहरुलाई एकै गाँउबाट त्रफाउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक रन्जन मिश्रको नेतृत्वमा खटिएको टोलीले चोरी भएका मोटरसाईकलहरू खोज तलास गर्दै जाँदा ५ वटा मोटरसाईकलहरूसहित उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुबाट बरामद भएका मोटरसाइकलहरुमा प्र.२–०३–००६ प ६५१५ नमबरको होण्डा कम्म्पनिको साइन, ना. ४८ प ६९७० नंबरको टिभिएस ,बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको २२० सि.सि. क्षमताको निलो रङको पल्सर, ना. ६५ प. ८८६० नमबरको टिभिएस कम्पनीको रातो कालो रङको स्ट्राइकर र प्रदेश २–०३–००५ प ६२२६ नम्बरको टिभिएस कम्पनीको निलो रङकको स्ट्राइकर रहेको प्रहरीले जनाएको छ

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >