हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Hundi-Karobar

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ आदर्श टोलका विनित कुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दिपक कुमार सोनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, वर्णवाललाई वीरगञ्ज महानगरपालिका वडा नं. १० को मकालु चोकबाट नियन्त्रणमा लिइएको थियो। उनको साथबाट कालो झोलामा लुकाइछिपाइ राखिएको ९ लाख ४७ हजार रुपैयाँ बरामद भएको छ। बरामद रकममा १,००० दरका ३२८ थान, ५०० दरका १,२१८ थान र १०० दरका ३०० थान नोटहरू रहेका छन्।

त्यस्तै, विनित कुमार श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित कृषि विकास बैंक लिङ्क रोडबाट पक्राउ गरिएको हो। उनको कालो झोलाबाट १५ लाख ८१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। यसमा १,००० दरका ९७३ थान र ५०० दरका १,२१६ थान नोटहरू समावेश छन्।

अवैध हुण्डी रकमसहित पक्राउ पर्ने तेस्रो व्यक्ति दिपक कुमार सोनारलाई वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चोकबाट नियन्त्रणमा लिइएको थियो। उनी ना. १६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार थिए। प्रहरीले उनको पाइन्टको खल्तीबाट ३ लाख रुपैयाँ बरामद गरेको छ, जसमा १,००० दरका २०० थान र ५०० दरका १०० थान नोटहरू छन्।

पक्राउ परेका तीनै जनालाई अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) बमोजिम कसुरमा मुद्दा चलाइएको छ।

प्रहरीले पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ। यसबाट अवैध हुण्डी सञ्जालमा संलग्न अन्य व्यक्ति तथा गिरोहको पहिचान भई कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ। पर्सा प्रहरीले अवैध हुण्डी नियन्त्रणका लागि आफ्नो अभियान जारी रहने बताएको छ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >