टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको देखिएका व्यक्ति पुगे प्रहरी कार्यालय

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
TOB

२६ असोज, । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडिओ सार्वजनिक भएपछि सोही समूहका एक सदस्य प्रहरी कार्यालय पुगेका छन् ।

आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा प्रहरी कार्यालय पुगेका हुन् । उनी सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए । त्यसपछि उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको थियो ।प्रहरीसँग उनले पेस्तोल बोकेको उक्त भिडिओ जेनजी आन्दोलनको बेला भन्दा पहिलाको रहेको बताएका छन् । सुटिङको क्रममा खिचिएको उक्त भिडिओमा देखिएको पेस्तोल नक्कली रहेको दाबी उनीहरुले गरेको प्रहरी स्रोतले बतायो ।

टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।यसबारे अनुसन्धान अघि बढाएको छ ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >