बारामा १ लाख ७ हजार बराबरको प्रतिबन्धित पटाका नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2025-10-12 at 18.59.36_ae759fb4

बारा प्रहरीले करिब १ लाख ७ हजार रुपैयाँ बराबरको अवैध प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान उक्त पटाका बरामद गरेको हो।

प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजस्थित कार्यालय अगाडिको चेकपोइन्टमा बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ६२९३ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्कीभित्र लुकाइ–छिपाइ राखिएका विभिन्न किसिमका प्रतिबन्धित पटाका नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएको पटाकाको अन्दाजी मूल्य १ लाख ७ हजार रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएको पटाका नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

ताजा खबर

लोकप्रिय

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >