“१ लाख ५६ हजार बराबरको समानहरु सहित मानिस प्रहरीको नियन्त्रणमा”

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20251203_102336

बारा ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जिल्लाभर तस्करी नियन्त्रण अभियानलाई झनै प्रभावकारी र कडाइका साथ अघि बढाएपछि लगातार सफलताहरू दर्ज भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा खटिएको टोलीले शंका लागेकाे आधारमा चेकजाँच गर्ने क्रममा करिब रु. १ लाख ५६ हजार मूल्य बराबरकाे चकलेट सहित एक जनालाई नियन्त्रणमा लिएको छ।मिति २०८२ मंसिर १६ गते बिहान करिब ११:५० बजे कलैया उप–महानगरपालिका–४ स्थित कटेगन पुल नजिक प्रहरी टोलीले ना २ च १३०४ नम्बरको पिकअपलाई फेला परेको थियो। गंजभवानिपुरबाट कलैया तर्फ आइरहेको उक्त सवारी साधनलाई सिदेश्वर मन्दिरबाट अमित पेट्रोल पम्प तर्फ जाने बाटोमा रोकी चेकजाँच गर्दा बिल–विजकभन्दा फरक ६३ कार्टुन र १५ बोरा चकलेट फेला परेकाे प्रहरीले जनाएको छ बरामद गरिएका सामग्रीको मूल्य करिब रु. १,५६,००० रहेको र पिकअप सहित सामग्री तथा चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति वीरगंज महानगरपालिका–३१, पर्साका २८ वर्षीय ऋषी पटेल हुन्। उक्त जानकारी बारा प्रहरीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक खेमप्रसाद नेपालले दिएका हुन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको र बरामद सामग्रीको अनुसन्धान जारी रहेको जनाएको छ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >