वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20251218_173812203

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख ४० हजार रुपैयाँ रहेको छ।विशेष सूचनाको आधारमा मिति २०८२ साल ९ महिना ३ गते दिउँसो करिब १२ः३० बजे वीरगञ्ज महानगरपालिका–२ स्थित बाइपास रोडमा रहेको निशान्त रोनावतको दाल फ्याक्ट्रीमा प्रहरी टोली खटिएको थियो। वीरगञ्ज भन्सार कार्यालयबाट महोत्तरीको बर्दिवासतर्फ लैजान पैठारी गरिएको दुई कन्टेनर सुपारी अवैध रूपमा अनलोड भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको टोलीले छापा मारेको हो।छापाका क्रममा ना.७ ख ७४२० नम्बरको टेलर ट्रकमा रहेको ESCU9000479 नम्बरको ‘एक्सप्रेस वे’ लेखिएको कन्टेनर अनलोड हुँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। साथै, अनलोड गर्नका लागि रोकी राखिएको ना.४ ख ६८३२ नम्बरको १४ चक्के टेलर ट्रकमा रहेको ESCU9000606 नम्बरको कन्टेनर समेत नियन्त्रणमा लिइएको छ।प्रहरीले उक्त घटनामा संलग्न भएको आशंकामा ना.७ ख ७४२० नम्बरको टेलर ट्रक चालक बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय रामभरोस महरा र ना.४ ख ६८३२ नम्बरको १४ चक्के टेलर ट्रक चालक बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–१९ निवासी ५१ वर्षीय रामप्रसाद यादवलाई पक्राउ गरेको हो।बरामद गरिएको करिब १८ सय बोरा सुपारी, दुवै ट्रक तथा कन्टेनरसहितको कुल मूल्य ४ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबर आँकलन गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्री र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >