२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20251221_134751151

,

वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। अपराध नियन्त्रण, युवालाई लागुऔषधको कुलत र दुष्प्रभावबाट जोगाउने तथा समाजमा शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियानलाई प्रहरीले अझ प्रभावकारी, सशक्त र कडाइका साथ अघि बढाइरहेको जनाएको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषध चरेश जस्तो देखिने पदार्थ २४० केजीसहित ट्रक र दुई जनालाई पक्राउ गरेको छ।मिति २०८२ साल ९ महिना ५ गते साँझ करिब १९:३० बजे, वीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा सवारी साधन चेकजाँचका क्रममा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.३ ख २५०९३ नम्बरको ट्रक शंकास्पद देखिएपछि रोकी कानुनी प्रक्रिया पूरा गरी जाँच गरिएको थियो।जाँचका क्रममा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बनाएर लुकाइछिपाइ राखिएको लागू औषध चरेश जस्तो देखिने पदार्थ २४० केजी फेला परेको प्रहरीले जनाएको छ।बरामद लागू औषधसहित ट्रक चालक तथा ट्रकमा सवार दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।पक्राउ पर्नेहरूःसरोज मोक्तान, २९ वर्षथाहा नगरपालिका–११, मकवानपुर (ट्रक चालक)नवराज लो, २१ वर्षथाहा नगरपालिका–११, मकवानपुरप्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >