परवानीपुरमा आमा–छोराको नृशंस हत्या, तीन जना घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20260128_090550

बारा — बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा बुधबार बिहान अत्यन्तै दर्दनाक घटना भएको छ। अज्ञात समूहको आक्रमणबाट एक आमा र छोराको हत्या भएको छ भने सोही परिवारका अन्य तीन सदस्य घाइते भएका छन्।मृतकमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवी रहेका छन्। प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरिएको हो।घटनामा घाइते भएका तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।हत्या कसले र के कारणले गरेको भन्ने विषय हालसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाको गहिरो अनुसन्धान सुरु गरिएको छ र दोषी पहिचानका लागि प्रहरी टोली परिचालन गरिएको छ।घटनापछि स्थानीय क्षेत्र शोक र त्रासको वातावरणमा रहेको छ।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >