बिश्रामपुर गाउँपालिकाको कान्तिपुर टोलमा विवादित नाला निर्माण सुरु, स्थानीय खुशी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260129_110012644

बारा, बिश्रामपुर — बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर २ अन्तर्गत कान्तिपुर टोलमा लामो समयदेखि विवादित रहँदै आएको नाला निर्माण कार्य सुरु गरिएको छ। गाउँपालिका गठन भएको करिब ८ वर्षपछि जगदीश पटेलको घरदेखि नहरीसम्म दुवै तर्फको नाला निर्माण भइरहेको स्थानीय बासिन्दाहरूले बताएका छन्।गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटो, समाजसेवी कृष्णा साह, वडा नम्बर २ का वडा अध्यक्ष मनोज यादव, कार्यपालिका सदस्य मनजुर आलम तथा स्थानीयहरूको सहकार्यमा नाला निर्माण कार्य अघि बढाइएको हो।स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूका अनुसार नाला निर्माण गुणस्तरीय रूपमा भइरहेको छ। लामो समयदेखि पानी निकासको समस्या भोग्दै आएका स्थानीयहरू नाला निर्माण कार्य सुरु भएपछि खुसी देखिएका छन्।स्थानीयहरूले यो नाला निर्माणले बाढी, जलजमाव तथा सरसफाइ सम्बन्धी समस्या कम हुने अपेक्षा गरेका छन्।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >