दिल महमद मदरसालाई जग्गा दान गर्ने दाताहरू सम्मानित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260131_140853953

बारा, विश्रामपुर — बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. २ बरैनिया टोलस्थित दिल महमद मदरसालाई निजी जग्गा दान गर्ने दाताहरूलाई सम्मान गरिएको छ।फेटा गाउँपालिका–४ बतरा निवासी मरहुम दिल मोहम्मद मियाँका जेठो छोरा इब्राहिम आलमले ०–१–१४ (एक कठ्ठा १४ धुर) तथा विश्रामपुर गाउँपालिका–२ निवासी जलील मियाँ अन्सारीले ०–०–१० (१० धुर) जग्गा मदरसाका लागि दान गर्नुभएको हो।जग्गा दान गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा मदरसा परिवार, विश्रामपुर गाउँपालिका अध्यक्ष जुबेर अहमद, वडा अध्यक्ष मनोज कुमार यादव, वडा सदस्य मन्जुर आलम, मनीफ मियाँ, समाजसेवी कृष्ण प्रसाद साहलगायत स्थानीय गाउँबासीहरूको भव्य उपस्थितिमा दाताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो।कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रको विकासमा निजी जग्गा दानजस्ता योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउँदै दाताहरूको प्रशंसा गरेका थिए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >