बारामा मतदान स्थल निर्माण तीव्र, विश्रामपुर–३ मुशरवामा कर्मचारी जुटे

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20260303_165714146

बारा — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयारी तीव्र पारिएको छ। निर्वाचन हुन अब दुई दिन मात्र बाँकी रहँदा बाराका सबै निर्वाचन क्षेत्रमा मतदान स्थल निर्माण तथा व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ।
जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ३ मुशरवामा समेत कर्मचारीहरू मतदान स्थल निर्माणमा सक्रिय रूपमा जुटेका छन्। मतदान केन्द्रलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको छ।
निर्वाचनलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन खटिएका मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरूले केन्द्रहरूको व्यवस्थापन कार्यलाई अन्तिम रूप दिन थालेका छन्। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रहरूमा मतदान अधिकृतसहितका टोलीहरू आवश्यक निर्वाचन सामग्री र मतपत्र लिएर सम्बन्धित स्थलमा पुगिसकेका छन्।
मतदान स्थलमा पुगेका कर्मचारीहरूले केन्द्रको घेराबेरा गर्ने, मतदाता लाइन बस्ने मार्ग निर्धारण गर्ने तथा गोप्य मतदान कक्ष (बुथ) निर्माण गर्ने कार्य गरिरहेका छन्। भोलि फागुन २० गतेसम्म सबै प्राविधिक तथा भौतिक तयारी सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बाराका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अति संवेदनशील र संवेदनशील मानिएका मतदान स्थलहरूमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायले संयुक्त रूपमा गस्ती बढाएका छन्।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मतदान हुने निर्वाचन आयोगले जनाएको छ। जिल्लामा भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सबै पक्षले समन्वयात्मक रूपमा तयारी गरिरहेका छन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >