बारा प्रहरीले सञ्चालन गरिरहेको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत विश्रामपुर गाउँपालिका–५ स्थित लिची बगान क्षेत्रबाट गाँजा सेवन गर्दै गरेका ३ जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी मुशरवाबाट प्रहरी नायव निरीक्षक नारायण प्रसाद लुइटेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच तथा निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा वर्ष २० का प्रदीप पासवान, वर्ष २२ का कारन पासवान साह, वर्ष २० का रञ्जन पासवान लगायत ४ जना रहेका छन्। उनीहरूलाई गाँजा सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
साथै, लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रहरीको भनाइ छ।

