जसपाको कार्यकारिणी समितिको बैठक आज बस्दै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20231211-101304_Facebook

वीरगंज। जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक आज बस्दै छ । भदौदेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा जसपाले बैठक बोलाएको हो ।

उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ । जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन् ।

पहिचानका राष्ट्रिय समितिहरूमध्येका लिम्बूवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन् ।
बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन् । जसपाको मधेस प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पुनर्गठन गरिएका छन् ।

तीन महिने अभियानमा जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । । उक्त अभियानबारे थप निर्णय लिन तथा आसन्न राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समितिको बैठकलगायत एजेन्डामा आजको बैठक केन्द्रित हुने बताइएको छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >