३७ लाख बराबरको सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20240126_085656-860x485

बीरगंज – १२ माघ बारा प्रहरीले ३७ लाख बराबरको सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेत प्रहरी ईकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्रकलाई रोकी जाँचगर्ने क्रममा विल भरपाई नभएको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य ३७ लाख ७१ हजार एक सय ६१ रूपैयाँ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगञ्जमा रौतहट बाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०३–०३–००१ख ००८४ न.को यात्रु बाहक बसबाट घडी ३२५ वटा,अन्दाजी मूल्य ६५ हजार र एयर फोन ९० वटा अन्दाजी मूल्य एक लाख ३५ हजार रुपैयाको विल नभएको प्रहरीले सामान बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा रुपन्देहीबाट लाहान–सिराहा तर्फ जादै गरेको लु १ क २८८८ नं. को मिनि ट्रक बाट १३ हजार तीन सय १० पोका सूर्ति गुट्खा र पुकार गरी अन्दाजी मूल्य ३० लाख एक हजार एक सय ६१ रुपैयाँ बराबरको विल नभएको मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुर तर्फ जादै गरेको ना ३ ख ११४३ नं. को ट्रकबाट चार सय बोरा चामल अन्दाजी मूल्य पाँच लाख ७० हजार रुपैयाँ बराबरको विल नभएको ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए 

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >