जंगलमा थापेको पासोमा परेर मर्छन् अधिकांश पाटेबाघ र चितुवा, संरक्षणमा थपिँदै चुनौती

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
tiger1654861064

गत हप्ता कैलालीको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र पाटेबाघ मृतावस्थामा भेटियो । बाघको घाँटीमा फसेको पासो निकाल्नसमेत कठिनाइ भएको थियो । सुर्किने गाँठोले घाँटी कस्सिएर बाघको निस्सासिएर मृत्यु भएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए ।

गत वर्षको ५ असारमा टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा पनि पाटेबाघ मृत फेला परेको थियो । घाँटीमा तारको पासो लागेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको थियो । एक वर्षको अन्तरालमा कैलालीमा  विश्वकै लोपोन्मुख प्रजातिका रूपमा रहेका दुई पाटेबाघको मृत्युले संरक्षणमा चुनौती देखिएको छ । पाटेबाघ मात्रै होइन यसको बढीको सङ्ख्यामा चितुवा पासोमा परेर मरिरहेका छन् ।

गत ११ पुसमा कैलालीको गोदावरी नगरपालिका–१० स्थित रातोपानी सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवा मर्न पाएन । १७ चैत २०७८ मा घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो । 

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटेबाघ र चितुवाको मृत्यु संख्या बढिरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

पछिल्लो ५ वर्षको  अवधिमा कैलालीमा दुईवटा पाटेबाघ र चारवटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा एउटा चितुवा, आर्थिक वर्ष २०७८÷०७९ मा दुई चितुवा र एउटा पाटेबाघ तथा चालु अर्थिक वर्षमा एक पाटेबाघ र एउटा चितुवाको मृत्यु भएको छ । 

यसरी पासोमा पर्छन् वन्यजन्तु 

आइतबार पासोमा परेर मृत्यु भएको बाघ तस्करले मार्ने उद्देश्यले पासोमा पारिएको हुन सक्ने संरक्षणकर्मीहरूको अनुमान छ  । अन्य साना जनावरलाई थापिएको पासोमा बाघ परेको हुन सक्ने संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । ‘मोटरसाइकलको ब्रेकको तार पासो बनाइएको छ । त्यो पासो मासुजन्य वन्यजन्तुका लागि हो,’ उनले भने ।

उनका अनुसार बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण पनि भएको देखिन्छ । संरक्षणकर्मी डा. हेमसागर बराल पनि प्रतिशोध र सिकारका लागि राखेको पासोमा ठूला जनावर परिरहेको बताउँछन् ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >