लिफ्टबाट खसेर पोखरामा इञ्जिनियरको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1688201117-ztolS

बन्दै गरेको घरमा सर्वे गरिरहेको अवस्थामा लिफ्टबाट खस्दा पोखरामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले वडा प्रहरी कार्यालय बैदामलाई उल्लेख गर्दै मङ्गलबार दिउँसो एक बजेको समयमा घटना भएको बताए।

मृत्यु हुनेमा कास्कीकै पोखरा महानगरपालिका–८ रत्न चोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराई रहेका छन्। उनी पोखराकै न्युरोडमा रहेको मुक्ति ईनर्जी प्रा.लि.का इन्जिनियर हुन्।

पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनीमाया भण्डारीको बन्दै गरेको निर्माणाधीन घरको तातो पानीको सर्वे गर्ने क्रममा भट्टराई ५ औँ तलाको लिफ्टबाट अचानक खसेका थिए।

सख्त घाइते भएका उनलाई उपचारको  लागि तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा दिउँसो साढे दुई बजेको समयमा मृत्यु भएको हो।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >