बाराका फेटा गाउँपालिकामा  दादुरा रुबेला विरुद्धको खोप अभियान कार्यक्रम

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240222-WA0003

बारामा फेटा गाउँपालिका फागुन ८ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय फेटा गाउँपालिका स्वास्थ्य शाखले यही फागुन ८ गते देखि  अभियान सञ्चालन गर्न लागेको हो । जनस्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ । फेटा गाउँपालिका स्वास्थ्य शाखाले ९ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको स्वास्थ्य कार्यालय प्रमुख राय मनोहर साहले बताएका छन । जनस्वास्थ्य कार्यालय फेटा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राय मनोहर साहले यो खोप अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले कुनै पनि बालबालीका नछुट्ने गरी काम गर्न पनि  निर्देशन दिनुभएको छ। सरकारले सन् २०२६ सम्म दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०१३ मा पहिलो पटक दादुरासँगै रुबेला विरुद्धको खोप लगाइएको थियो । दादुरा र रुबेला दुवै भाइरसबाट बालबालिकामा सर्ने सरुवा रोग हुन् । फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीको अध्यक्षतमा भएको कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष निलम साह, वाड नं १ का वाड अध्यक्ष विगायन दास, वाड नं ५ का वाड अध्यक्ष पप्पु सिंह, वाड नं ३का वाड अध्यक्ष पहलाद साह, योजना प्रमुख जकिर हुसैन, प्रशासन प्रमुख सुशील साह, शिक्षा प्रमुख अलि हुसैन, लगायत कार्यपालिका सदस्य र शिक्षाक लगायत वर्गका उपस्थित रहेको थियो।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >