वीरगन्ज : करिब सात लाख रुपैयाँ बराबरको जुत्ता चप्पल बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
432302714_374613095385222_1687348775667501007_n

वीरगन्ज । भारतबाट तस्करी गरी ल्याइएको जुत्ता चप्पल प्रहरीले वीरगन्जबाट बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडक खण्डकाे एक कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा जुत्ताचप्पल बरामद गरेको हो ।

भारतबाट ल्याइएको जुत्ताहरू अनाधिकृतरूपमा भण्डारण गरी राखेकोमा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त गोदाममा छापा मारेर बेवारिसे अवस्थामा जुत्ताचप्पल बरामद गरेको हाे।

गोदामबाट ६ सय ९५ जोर जुत्ता, ३७ पिस सुपर क्लिक क्रिम र प्लाष्टिकको लेडिज चप्पल २६ जाेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद जुत्ता, चप्पल लगायतका बस्तुको मूल्य करिब ७ लाख ५ हजार रुपैयाँ रहेको छ ।

बरामद जुत्ताचप्प आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएक पर्साका प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >