भारतमा हुन लागेको लोकसभा चुनावको लागि नेपालबाट दारु तस्करी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
544we

वीरगंज । छिमेकी मुलुक भारतमा हुन लागेको लोकसभा निर्वाचनको मुखमा नेपालबाट मदिराको तस्करी बढेको छ ।चुनावमा मतदातालाई प्रभावित गर्न सस्तो मूल्यका मदिराहरु तस्करी भएर भारतको बिहार जान थालेको बताइएको छ ।
नेपालबाट अवैध रुपमा भारततर्फ लग्न थालेको नेपाली मदिरा सशस्त्र प्रहरी बलले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ कोनिया सीमावर्तीबाट बरामद गरेको छ ।
शनिबार अवेर राति टाटासुमो गाडीमा लोड गरी भारतको बिहारमा तस्करी गर्न लागिएको ९६ कार्टुन शीलबन्दी मदिरा सशस्त्र प्रहरीले बरामाद गरेको छ । गस्तीमा रहेको प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ कोनियाबाट रक्सी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा सुरक्षा गुल्म अलौंबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शनिबार मध्यराति बीआर १० जे ८२०१ नम्बरको टाटा सुमो गाडीको चेकजाँच गर्ने क्रममा रोके पछि चालक फरार भएका थिए ।
नाकामा रोकिएको गाडीलाई चेकजाँच गर्दा सो मदिरा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले गाडी रोक्ने बित्तिक्कै चालक फरार भएको जनाएको छ । गाडीबाट कस्तूरी ब्राण्डको ९६ कार्टुन शीलबन्दी मदिरा बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक किसन कर्माचार्यले बताएका छन् ।मदिरासहितको भारतीय नम्बरको टाटासुमो गाडी नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक कर्माचार्यले बताए । बरामद गरिएको मदिराको बजार मूल्य १ लाख ३३ हजार ५ रुपैयाँ मूल्यांकन गरिएको उनले बताए ।
बरामद गरिएका मदिरा र गाडी आवश्यक कारबाहीका लागि आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताउँदै उनले भने, ‘भारतमा भइरहेको लोकसभा चुनावका लागि मदिरा लग्न थालेको होला रु भारतको बिहार राज्यमा झण्डै एक दशक यता देखि मदिराको उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ ।
बिहारसित सीमा जोडिएको नेपाली बजारहरुबाट भारी परिमाणमा अवैध रुपमा मदिरा जाने गरेको बताइन्छ । भारतमा ५ चरणमा लोकसभाको चुनाव हुँदैछ । पहिलो चरण चुनावका लागि नामांकन भइसकेको छ । बिहारमा मदिराको बेचबिखन र सेवनमा कडा प्रतिबन्ध छ । मदिरा बेचबिखन, सेवनमा पक्राउ पर्नेलाई जेल र जरिवाना दुवै गरिन्छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >