लागू औषध सहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1713105413907

बारा प्रहरीले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जितपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित मौलापुरबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र.०३-००१ ख २७०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा युवकलाई नियन्त्रणमा लिइएको हो ।

युवकले लुकाई छिपाई लैजाँदै गरेको लागु औषध प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नं.०३ गम्हरीया बस्ने अन्दाजी २० वर्षीय अनिल बैठा रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाईजापाम-१ सय २ पाता २ हजार ५ सय ५० पिस,नाईट्राभेट ३ सय ११ पाता ४ हजार ६ सय ६५ पिस र नोरफिन ५० पाता १ हजार २ सय ५० पिस लागु औषध प्रहरीले बरामद गरेको छ ।

लागु औषध ट्याबलेट सहित युवकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >