सशस्त्र प्रहरीद्वारा वीरगञ्जबाट ६ लाख बढीको भन्सार छलीका सामग्री बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
saman-baramad--apf--birgunj---yatra_sPdKPWwog2

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोली वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेटस्थित क्षेत्रबाट भन्सार छलीका सामग्री बरामद गरेको हो । 

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ५ लाख १० हजार ६०५ रुपैयाँ बराबरको कपडा, डिनर प्लेट र किराना सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नमबर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । 

त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाटै खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौबाट पनि भन्सार छलीका सामग्री बरामद गरेको छ । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १ लाख १० हजार ४८० रुपैयाँ बराबरको कपडा तथा किराना सामग्री बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ छटीघाटबाट पनि सशस्त्र प्रहरीले १८ हजार ८९० रुपैयाँ बराबरको चामल र प्याज बरामद गरेको छ । बरामद गरिएका ६ लाख ३९ हजार ९७५ रुपैयाँ बराबरका सबै सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । 

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >