सुनसरीमा प्रहरीले गोली चलायो, एक लागूऔषध कारोबारी घाइते, अर्का पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
puspa-kamal-dahal.jpg-final-_zpLm4Zn53Z

वीरगञ्ज । सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले बिहीबार गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो  ।

सप्तरीको सप्तकोशी-५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका-५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर पक्राउ गरिएको ब्यूरोका अधिकृतहरु बताउँछन् ।

मंगलबार मात्रै पनि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले मोरङको रतुवामाई नगरपालिका कादुपाडामा गोली हानेर अर्का लागुऔषध कारोबारी समातेको थियो । भारतको बिहार, किसनगञ्ज घर भएका ४८ वर्षीय भागिरथ हरिजनलाई गोली प्रहार गरेर ब्यूरोले पक्राउ गरेको थियो ।

हरिजनमाथि खुट्टामा दुई राउण्ड गोली प्रहार गरेर १४९ ग्राम लागु औषध खैरो हेरोइन प्रहरीले बरामद गरेको थियो । सो क्रममा एक जना प्रहरी सहायक निरीक्षक (असई) समेत घाइते भएका थिए ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >