वीरगन्जमा सञ्चारकर्मीमाथि आक्रमण गर्ने शिक्षक–शिक्षिकालाई कारबाही गर्न पत्रकार महासंघको माग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
nnnss

वीरगन्ज,७ जेष्ठः वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ कोनियास्थित सामुदायिक विद्यालयमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीमाथि आक्रमण गर्न खोज्ने शिक्षक–शिक्षिकालाई कारबाही गर्न नेपाल पत्रकार महासंघ पर्सा शाखाले माग गरेको छ ।

कोनियामा रहेको लक्ष्मीदेवी बाबुबाल हंसबाहिनी माध्यमिक विद्यालयमा भएको बेथीति र भ्रष्टचार बारे भिडियो रेकर्डिंग गर्न पुगेका सञ्चारकर्मी सुरेन्द्र यादवलाई त्यहि विद्यालयका प्रधानाध्यापक तथा कार्यरत शिक्षक दिनेश चौरसीया र शिक्षिका दिप्ती यादवले आक्रमण गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा यतिखेर भाइरल भएको छ ।

शिक्षण पेशामै आब व्यक्तिहरुबाट ंसञ्चारकर्मीलाई भिडियो रेकर्डिंगमा अवरोध पुरर्याइ आक्रमण गर्ने घटना प्रति नेपाल पत्रकार महासंघ पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक महत्वको बिषयबस्तुमा भएको बेथिति र अनियमिततालाई प्रकाशमा ल्याउन सञ्चारकर्र्मीलाई कुनैपनि बहानामा निषेध र आक्रमण गर्ने कार्य निन्दनीय रहेको ठहर गर्दै महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै दोषी शिक्षक– शिक्षिकालाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित पक्ष समक्ष माग गरेका हुन् ।
।
उनीहरुलाई वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा र स्थानीय प्रशासनले कडा कारबाही गर्नु पर्ने पत्रकार महासंघको माग छ ।समाजिक सन्जालमा भाईरल भिडियोमा शिक्षिका यादवले ईट्टाले प्रहार गरेको र प्रधानाध्यापक चौरसीयाले अवरोध गर्नुकासाथै सञ्चारकर्मीलाई कुट्न विद्यार्थीहरुलाइ उस्कााएको प्रष्टसंग देखिन्छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >