प्रधानमन्त्रीसँग ५ तोला सुन र २५ लाख नगद, कति छ जग्गा?

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Prachanda_O9YJe2CQjL

प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। 

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। 

सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डसँग ५ तोला सुन रहेको छ। जसलाई पैतृक स्रोतबाट प्राप्त गरेको उल्लेख छ। सांसदको हैसियतमा प्राप्त तलब भत्ता बापत २५ लाख रुपैयाँ एभरेष्ट बैंकमा मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। 

त्यसैगरी जग्गा भने १५ कट्ठा भएको उल्लेख गरिएको छ। चितवनको भरतपुर महानगरपालिकामा वडा नम्बर १४ मा १४ कट्ठा जमिनमा पार्किङसहितको घर र वडा नम्बर १२ मा एक कट्ठा जग्गा रहेको उल्लेख छ। दुवै घरजग्गा पत्नी सिता दाहालको नाममा रहेको विवरणमा उल्लेख गरिएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >