२७० किलो लागू औषध गाँजा सहित १ जना व्यक्ति प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1

बारा । बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगंजस्थित इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले ठूलो मात्रामा लागू औषध गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। दिउँसो १२:३० बजे, नारायणगढबाट पथलैया तर्फ गइरहेको भारतीय NL 01N3063 नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा ट्रकको क्याबिन भित्र बक्स बनाई लुकाई छिपाई राखिएको २७० किलो गाँजा फेला परेको हो।

प्रहरीले ट्रक चालक अन्तोस कुमार गिरीलाई नियन्त्रणमा लिएको छ। अन्तोस कुमार गिरी, भारतको थाना रामगढवा ग्राम धनारदिउलिका १९ वर्षीय निवासी हुन्। पक्राउ परेका गिरीको विरुद्ध लागू औषध मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा, कलैयाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जानकारी गराइएको छ।बरामद गरिएको लागू औषध गाँजा २७ प्याकेटमा, प्रत्येक प्याकेट १० किलोको दरले कुल २७० किलो रहेको छ। यो गिरफ्तारीले लागू औषध ओसारपसारमा संलग्न व्यक्तिहरूको गतिविधि र सुरक्षा निकायको चनाखोपनलाई उजागर गरेको छ। यस घटनाले लागु औषध नियन्त्रणमा प्रहरीको सफल प्रयासलाई पुष्टि गरेको छ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >