आज बिदा भएकाले रविलाई आइतबार अदालतमा उपस्थित गराइने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
rabi-lamichhane

पोखरा- सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

आज शनिबार बिदा भएकाले भोलि आइतबार अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीयाका अनुसार आइतबार लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।

सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई शनिबार बिहान पोखरा पुर्‍याइएको छ।

शुक्रबार साँझ रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँको बनस्थलीबाट पक्राउ गरेर उनलाई प्रहरीले पोखरा पुर्‍याएको हो।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान पौने ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ।

लामिछानेलाई पोखरा पुर्‍याउँदा रास्वपाका नेता तथा कार्यकर्ताले सरकारको विरोधमा नाराबाजी गरेका थिए।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >