बीरगंज महानगरको बसपार्क क्षेत्र वेश्यावृत्तिका कारण बदनाम, सर्वसाधारणलाई असहज

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-11-10 at 08.18.25_f15616ac

बिरगंज । बीरगंज महानगरपालिका वार्ड नम्बर १६ अन्तर्गतको बसपार्क क्षेत्र हाल वेश्यावृत्तिका कारण बदनाम हुँदै गएको छ। केहि स्थानीय गेस्टहाउसहरूमा खुलेआम वेश्यावृत्ति भइरहेको र सार्वजनिक सडकमै बार्गेनिङ भैरहेको स्थानीयले बताएका छन्। यसले गर्दा आवतजावत गर्ने सर्वसाधारण र सभ्य नागरिकहरूलाई कठिनाइ भोग्नुपरेको छ। एक स्थानीयका अनुसार, राति ८ बजेपछि आफ्ना छोरी-बुहारीसँग हिँड्न लाज लाग्ने अवस्था सिर्जना भएको छ। पछिल्लो समयसम्म व्यवस्थित रहेको यो क्षेत्र अहिले अव्यवस्थित र असभ्यताको केन्द्र बनेको छ।

पछिल्लो समय वीरगंजको बसपार्क क्षेत्र वेश्यावृत्ति क्षेत्रको रूपमा विकसित हुँदै गएको भन्दै स्थानीयवासी चिन्तित छन्। यस क्षेत्रमा अनैतिक गतिविधिहरूमा वृद्धि देखिँदा सुरक्षा र सामाजिक समस्याहरू बढ्न थालेको छ।

स्थानिय समुदायले प्रहरीले कडा कारबाही गर्नुपर्ने माग गर्दै, समाजमा शान्ति र मर्यादा कायम गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

प्रहरीले यस क्षेत्रमा निगरानी बढाएको र यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न विशेष अभियान चलाइने जानकारी दिएको छ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >