दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
durghatana

 दार्चुलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा पाँचजना घाइते छन् । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नक्तडका ४५ दिलीप विष्ट, ४० वर्षीया मीना लेखक, बैतडीको डिलासैनी गाउँपालिका–५ का ५० वर्षिय वीरेन्द्र बोहरा र १६ वर्षीया सुजित बोहरा रहेका छन् । यस्तै दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारत विजनोर मोभारपुरका ४५ वर्षीय मोहम्मद सकिर र १८ वर्षीय मोहम्मद बसिलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना भएको थियो । जिपमा १३ जना सवार थिए ।

स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किरहेका दर्शनार्थी सवार भएको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >