अनलाइन जुवा खेलाउने ११ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
online-juwa-

 जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवाका साथै कृप्टो कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका– ३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरुले अनलाइन जुवा खेल्ने खेलाउने काम गरिरहेको भन्ने सूचनाको आधारमा ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई अनलाइन जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

उनीहरुले २ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोवार हुनेगरी अनलाइन जुवा खेल्ने खेलाउने काम गरेको र ९६ लाख ३३ हजारभन्दा बढी रकम बराबरको कृप्टो करेन्सीको कारोबार समेत गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >