बिरगंजमा नेपाली काँग्रेसद्वारा बिरोध प्रदर्शन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
444152241_921694429757534_5892046992529800196_n

नेपाली काँग्रेस पर्साले बिरगंजमा आज बिरोध प्रदर्शन गरेको छ।बिरोध प्रदर्शन कार्यक्रम माइस्थान चौकबाट शुरु भएर अलखियामठ हुँदै आदर्शनगर , गिता मन्दीर हुँदै जिल्ला प्रशासन कार्यलय पर्सामा पुगि ज्ञापनपत्र बुझाएको छ।

वीरगन्ज महानगपालिकाका मेयर राजेशमान सिंहले किर्ते नागरिकता बनाएको आरोप लगाउदै बिरोध प्रदर्शन गर्दै सो ज्ञापनपत्र नेपाली काँग्रेसले बुझाएको छ ।

बिरोध प्रदर्शनमा नेपाली काँग्रेस पर्सा जिल्लाका सभापति जनार्दन सिंह क्षेत्री ,उपसभापति राम नारायण कुर्मी , पुर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा , क्षेत्र नं २ का सभापति मोहम्मद साबुदिन , वीरगन्ज महानगपालिकाका उपमेयर इम्तियाज आलम लगायत जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति, वडा कार्य समिति, नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल,नेपाल मुस्लिम संघ, नेपाल किसान महासंघ, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, नेपाल दलित संघ, नेपाल ट्रेड यूनियन काँग्रेस, भातृ संघ संगठन लगायत हजारौं कार्यकर्ताको उपस्थिति रहेको क्षेत्र नं २ का सभापति मोहम्मद साबुदिनले जानकारी गराएका छन् ।

जिल्ला प्रशासन कार्यलयका पर्साका सिडिओलाई बुझाएको ज्ञापनपत्र यस प्रकार छ:-

“लोकतान्त्रिक पद्धतिमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु उपर सार्वभौम जनताले सुक्ष्म रुपमा नियाली रहेका हुन्छन । यसर्थ उसले गरेका हरेक गतिविधिको प्रशंसा तथा विरोध हुनु स्वभाविक प्रकृया हो । यसले सार्वजनिक पद धारण गरेका व्यक्ति समाज प्रति जवाफदेही हुनै पर्ने हुन्छ । यसै सन्दर्भमा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विरुद्ध सरकारी कागज किर्ते मुद्दा तथा किर्ते नागरिकता मुद्दामा निष्पक्ष छानविन गर्ने प्रकृयामा ढिलाई भएको र सहकारी ठगीमा संलग्न रवि लामिछाने माथि संसदिय छानविन समिति गठन गर्नका लागि नेपाल विधार्थी संघ पर्सा द्वारा २०८१ जेष्ठ ०४ गते साझ शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा वीरगंज माईस्थान चौकमा नगर प्रमुख द्वारा परिचालित केही अराजक व्यक्तिहरुको समूहले कार्यक्रममा अवरोध गर्नुको साथै सांघातिक आक्रमण गरी ने.वि. संघ पर्साका अध्यक्ष रमेश कुमार यादव, उपाध्यक्ष राहुल पटेल, महमद बरकत अली, महमद नौसाद र नेपाली काँग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादवलाई घाइते बनाएको घटना प्रति नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण भएको छ ।
लोकतान्त्रिक व्यवस्थामा आफनो विचार राख्ने र शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने संवैधानिक व्यवस्था रहेकोले अरुको संवैधानिक मौलिक हक हनन गर्ने नियतले अराजक समूह परिचालन गरी अवरोध गर्ने तथा आक्रमण गर्ने कार्यको नेपाली काँग्रेस पर्सा घोर भत्सर्ना गर्दै उक्त घटनाको निष्पक्ष छानविन गरी दोषिहरुलाई कानुन बमोजिम आवश्यक कार्यवाही गर्न नेपाली काँग्रेस पर्सा जोडदार मांग गर्दछ ।”

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >