देउवाले गरे पटेर्वा सुगौलीमा १० शय्याको आधारभूत अस्पताल उद्घाटन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
udghatan2024-09-24-04-30-38

पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवामा निर्माण भएको १० शय्याको आधारभूत अस्पतालको उद्घाटन भएको छ।

मंगलबार एक कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत अस्पतालको उद्घाटन गरेका हुन्।

पर्साका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले उक्त आधारभूत अस्पताल निर्माण गरिएको हो। संघीय सरकारको लगानीमा पर्साका चार स्थानीय तहमा शिलान्यास गरिएकोमध्ये यो एक अस्पताल हो।

पटेर्वा सुगौली गाउँपालिका र जिराभवानी गाउँपालिकामा १० शय्या, ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल बनाउने योजना थियो। जसअन्तर्गत पटेर्वा सुगौलीको अस्पताल आठ करोड १० लाखको लगानीमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए।

केपी ओली सरकारले ०७८ मंसिर १५ मा एकै दिन सातै प्रदेशमा ३०९ आधारभूत अस्पताल शिलान्यास गरेको थियो।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >